दफा
खर्क जग्गाको व्यवस्था

(१) नेपाल सरकारले दफा ३ बमोजिम राष्ट्रियकरण गरिएको खर्क जग्गाको छुट्टै लगत माल कार्यालयमा राख्न लगाइ सो जग्गाको संरक्षण र पशुचरनको लागि स्थानीय गाउँपालिकाको जिम्मा दिनेछ । तर एकभन्दा बढी गाउँपालिकाहरूको सन्धि सर्पन पर्ने खर्क जग्गा एकभन्दा बढी गाउँपालिकालाई दिन नेपाल सरकारलाई यस उपदफाले बाधा पु¥याएको मानिनेछैन ।

(२) उपदफा (१) बमोजिम आफ्नोजिम्मामा आएको खर्क जग्गाको संरक्षण र सुधार गरी स्थानीय गाउपालिकाले चरनको काममा बाहेक सो जग्गा अन्य काममा प्रयोग गर्न वा गराउन पाउनेछैन ।